अर्घाखाँचीमा सक्रिय संक्रमित बढ्दो, गाउँगाउँमा कोरोना फैलने जाेखिम
  • CIA Khabar

  • अर्घाखाँची । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ । मंगलबार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय कोरोना संक्रमितको संख्या २ सय २९ पुगेको छ ।

    जसअन्तर्गत सन्धीखर्क नगरपालिकामा १ सय २७, भुमिकास्थान नगरपालिकामा ७४, शीतगंगा नगरपालिकामा १४, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकमाा ८ र छत्रदेव गाउँपालिकामा १६ जना सक्रिय संक्रमित रहेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।

    हालसम्म जिल्लामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ५६ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ६ जना संक्रमित डिस्चार्ज भएसँगै हालसम्म ८ सय १ जना निको भएका छन् ।

  • २२ बैशाख २०७८, बुधबार ११:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images