डोटीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु
  • CIA Khabar

  • डोटी । डोटीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । आदर्श गाउँपालिका वडा नं। २ कालिकास्थानका ६२ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर प्रकाश ठकुल्लाले जानकारी दिनु भएको छ ।

    जिल्ला अस्पताल डोटीमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । मृतकको परिक्षण गर्दा गएको २० गते पिसिआर पोजेटिभ आएको थियो ।
    शैलेश्वरी अस्पतालमा उपचार पछी थप उपचारका लागी जिल्ला अस्पताल डोटी भर्ना गरिएका बिरामीको मृत्यु भएको हो ।

    कोरोना भाइरस सङ्क्रमणबाट डोटीमा मृत्यु हुने उनी पहिलो ब्यक्ती हुन । मृतक दम र प्रेसरको बिरामी पनि रहेको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ । मृतकको शब नेपाल आर्मीले आजै अन्त्यष्टि गर्ने छ ।

  • २२ बैशाख २०७८, बुधबार ११:२८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images