कर तिर्ने समयावधि थप्न महासंघको माग
  • CIA Khabar

  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यवसायिक कर तथा राजस्वको भुक्तानी तथा विवरण बुझाउनुपर्ने समयावधि थपिदिन सरकारसँग आग्रह गरेको छ ।

    बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भुभागमा निषेधाज्ञा ९लकडाउन० मा रहेको अवस्थामा व्यापार व्यवसाय प्रायः ठप्प अवस्थामा कर तथा राजस्व तिर्ने समयावधि थपिदिन आग्रह गरेको हो ।

    महासंघले आजै सरकारको सम्बन्धित निकायहरुमा पत्राचार गरी अहिलेको विषम परिस्थितिलाई मनन गरी मूल्य अभिवृद्धि कर तथा अन्तः शुल्क कर, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन आग्रह गरेको छ ।

    कोभिड–१९ को महामारीका कारण दैनिक उपभोग्य बाहेकका व्यपार, व्यवसाय र सवारी आवागमन बन्द भएका बेला उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुँदा समय थप गर्न आग्रह गर्नुपरेको बताएको छ ।

  • २२ बैशाख २०७८, बुधबार ११:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images