तनहुँमा नदीमा डुबेर युवकको मृत्यु
  • CIA Khabar

  • सांकेतिक तस्वीर

    तनहुँ । मादी नदीमा पौडी खेल्ने क्रममा मङ्गलबार एक युवकको डुबेर मृत्यु भएको छ ।

    मृत्यु हुनेमा व्यास नगरपालिका–२ निवासी २२ वर्षीय सतिश अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    प्रहरीका अनुसार व्यास–७ दुलेपानी सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका अधिकारी डुबेर बेपत्ता भएका थिए ।

    घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजी थालेकामा दिउँसो ५ बजे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

  • २२ बैशाख २०७८, बुधबार ११:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images