नेकपा खारेजीविरुद्धको पुनरावलोकन अस्वीकार
  • CIA Khabar

  • काठमाडौं १९ चैत । नेकपा खारेजीविरुद्ध नेकपा माओवादी केन्द्रले गरेको पुनरावलोकन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । निवेदनमा निस्सा दिन अस्वीकार गर्दै सर्वोच्चले पहिलेकै फैसला सदर गरेको छ ।

    नेकपाको दर्ता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार रिट दायर गरेका थिए । पुनरावलोकनको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा थियो ।

    सर्वोच्चले फागुन २३ गते नेकपा खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएको थियो । उक्त निर्णय अस्वीकार गर्दै माओवादीले पुनरावलोकनको माग गर्दै रिट दायर गरेको थियो ।

  • १९ चैत्र २०७७, बिहीबार १५:३३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images