झापाको निषेधाज्ञामा थप कडाइ, यातायात पूर्णबन्द
  • CIA Khabar

  • झापा । कोरोनाको संक्रमण दर नरोकिए पछि झापामा जारी निषेधाज्ञा थप कडा पारिएको छ ।

    यसअघि गएको १७ गते जिल्ला प्रशासन कार्यालयले झापामा आंशिक निषेधाज्ञा घोषणा गरेको थियो । १९ गते मध्य रातिदेखि २६ गते मध्यरातिसम्म लागु हुने गरि घोषणा गरिएको निषेधाज्ञामा सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गरिएको थियो ।

    बजार पसल बिहान ११ बजे सम्म खुल्ला गर्न दिइएको थियो । तर फेरि जारी गरिएको निषेधाज्ञामा भने यो भन्दा कडाइ गरिएको छ ।

     के के मा कडाइ?

    २२ गते मध्यरातदेखि ३१ गते मध्यरातसम्म लागु हुने गरि घोषणा गरिएको दोश्रो पटकको निषेधाज्ञामा अत्यावश्यक बस्तुका पसलहरु १० बजे सम्म मात्र खुल्ला गर्न पाइने छ ।

    यस्तै होटल, रेष्टुरेन्ट तथा चिया पसल समेत पूर्ण रुपमा बन्द गर्न आदेश गरिएको छ भने अनलाईन अर्डर र होमडेलिभरीका लागि खाद्यबस्तु भने लिएर जान पाइने भनिएको छ ।

     

    यसअघि गतेका आधारमा जोर–बिजोर प्रणाली लागु गरि यातायात सञ्चालन गर्न दिइएकोमा दोश्रो पटकको निषेधाज्ञा अवधी भरि भने कुनै पनि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुन नपाउने आदेशमा उल्लेख छ ।

    अत्यावश्यकीय सेवाका सवारी साधन भने निषेधाज्ञा अवधिमा पनि चल्ने छन् । यस्तै वैवाहिक कार्यक्रममा बढीमा २५ जना भेला हुन, बढीमा १० जना जन्ती जान र बढीमा २ ओटा सवारी साधन मात्र प्रयोग गर्न भनिएको छ ।

  • २२ बैशाख २०७८, बुधबार ११:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images