सुनसरीमा सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु
  • CIA Khabar

  • सुनसरी । सुनसरीको इटहरीमा सवारी दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ ।

    मङ्गलबार राति पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको को १ च ७८१६ नम्बरको पिकअपले पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको हो ।

    दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवान खड्कालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याउनसाथ मृत घोषित गरेको प्रहरीले जनाएको छ । झापाको कचनकवल गाउँपालिका–६ घर भएका खड्का सुनसरीको इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत थिए ।

  • २२ बैशाख २०७८, बुधबार ११:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images