पर्सामा एक कोरोना संक्रमित वृद्धको मृत्यु
  • CIA Khabar

  • पर्सा । पर्सामा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २ स्थित छपकैयाका निवासी ६५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

    नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासले निमोनियाबाट पीडित वृद्धको श्वासप्रश्वासमा गम्भीर समस्या आउँदा मृत्यु भएको जनाए ।
    स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई वैशाख १६ गते परिवारजनले अस्पतालमा भर्ना गराएका थिए ।

    अस्पताल भर्ना गर्दा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको डा। दासले बताए । उनले अर्को दिन आरटी-पिसिआर प्रविधि मार्फत उनको थ्रोट स्वाब परीक्षण गर्दा कोभिड पुष्टि भएको बताए ।

     

  • २२ बैशाख २०७८, बुधबार १२:०७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images