कम्पनीले पारिश्रमिक नदिएपछि कुवेतबाट रित्तो हात फर्किए ११ नेपाली
  • CIA Khabar

  • दोहा । रोजगारीका लागि विभिन्न समय कुवेत पुगेर अलपत्र परेका ११ नेपाली स्वदेश फर्किएका छन् ।

    कुवेतस्थित एक स्वीट कम्पनीमा कार्यरत १७ नेपाली कामदारहरुलाई कोरोनाको करण देखाउदै विगत लामो समयदेखि पारिश्रमिक नदिएर अलपत्र अवस्थामा छोडेको थियो ।

    अलपत्र पारिएका १७ जना कामदारहरु मध्ये घर फर्किन बाँकी रहेका थप ११ जना नेपालीलाई गैरआवसीय नेपाली संघ ९एनआरएनए० कुवेतले उद्धार गरि स्वदेश पठाइएको संघका महासचिव दिल कुमार पाख्रिनले जानकारी दिए ।

    कम्पनीले पाँच महिनाको पारिश्रमिक नदिइ अलपत्र परेपछि सकुशल स्वदेश फर्काइदिन पीडितहरु त्यहाँ रहेको नेपाल दूतावास पुगेका थिए ।

    लामो समयदेखि उद्धारको पर्खाइमा रहेका उनीहरुलाई दूतावासको पहल कदमी तथा एनआरएनएको सहयोगमा स्वदेस फर्काउन सफल भएको महासचिव पाख्रिनले बताए ।

    उनीहरुलाई एनआरएनएले हवाई टिकट तथा कोरोना परीक्षण ९पीसीआर० गराएर राहदानी दिलाउन कर्फ्युको समयमा पनि संघले कुवेत अन्तर्राष्ट्रिय विमानस्थल सम्म यातायातको ब्यवस्था गरि स्वदेश पठाएको उनले बताए ।

    पीडितहरुका लागि विभिन्न समयमा चरणवद्ध वार्ता गरिएको भए पनि कम्पनिबाट कुनै किसिमको क्षतिपूर्ति नपाउदा उनीहरु रित्तो स्वदेश फर्किएका छन् । उक्त कम्पनीले अलपत्र परेका १७ मध्ये ६ जना यसघि नै फर्किसकेका छन् ।

    यसघि पनि एनआरएनएले महामारीका कारण कुवेतमा अलपत्र श्रमिकहरु, रोजगारी गुमाएर, विभिन्न रोग लगेर विरामीसहित ४१ नेपालीको उद्धार गरि स्वदेश पठाइसकेको छ ।

    पछिल्लो समयमा कुवेतका विभिन्न कम्पनीहरुले कोरोना महामारीको करण देखाउदै कामदारलाई पारिश्रमिक नदिइ कामबाट निकाल्ने गरेका छन् ।

  • २२ बैशाख २०७८, बुधबार १२:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images