रामकुमारी झाँक्रीको ओलीलाई चेतावनीः ‘हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ’
  • CIA Khabar

  • काठमाडौं । नेकपा (एमाले) माधव नेपाल पक्षधर सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दम्भ, अहंकार र जिद्दि छोड्न आग्रह गरेकी छिन् । प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा झाँक्रीको यस्तो टिप्पणी आएको हो । उनले आफूहरु डुब्न तयार रहेको पनि टिप्पणी गरेकी छिन् ।

    उनले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेकी छिन्–‘हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड। हिन्दीमा एउटा कहावत छस् हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।”

  • २२ बैशाख २०७८, बुधबार १४:४३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images