भारतमा एकैदिन ३ लाख ५७ हजारबढीमा कोरोना पुष्टि
  • CIA Khabar

  • एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार २२९ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा केही समय यता दैनिक साढे तीन लाखभन्दा माथि कोरोना संक्रमित थपिइरहेका विश्व स्वास्थय संगठनको तथ्यांक छ ।

    विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४४९ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म २ लाख २२ हजार ४०८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

    भारतमा हालसम्म २ करोड २ लाख ८२ हजार ८३३ जनामा कोरोना संक्रमण भइसकेको छ ।

  • २२ बैशाख २०७८, बुधबार १४:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images