दिल्लीमा काेराेना महामारी नियन्त्रणका लागि सेनालाई आग्रह
  • CIA Khabar

  • काठमाडौँ । भारतको राजधानी दिल्लीका अधिकारीहरुले महामारीमा सहयोगका लागि सेनालाई आग्रह गरेका छन् ।

    कोरोना महामारीको दोस्रो लहरको प्रभाव बढ्दै जाँदा अवस्था नाजुक बनेको भन्दै दिल्लीका अधिकारीहरुले सहयोगका लागि सेनालाई आग्रह गरेका बीबीसीले जनाएको छ । अक्सिजन, शैया र स्वास्थ्यकर्मीको अभावमा सहरका अस्पतालहरु सङ्कटमा पर्दै गएको दिल्ली सरकारले जनाएको छ ।

    भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोड नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ५५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै भारतमा दुई करोड दुई लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा तीन हजार चार सय ३८ जनासहित ज्यान गुमाउनेको सङ्ख्या दुई लाख २२ हजार नाघेको छ । यो सङ्कटको बेलामा उपचार कक्षहरु सञ्चालन, अक्सिजनको सहज आपूर्ति लगायतका कामका लागि सेनालाई आग्रह गरेको दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले जानकारी दिएका छन ।

    रक्षा समितिको नेतृत्वमा पर्याप्त स्रोतसाधनसहित सेनाले काम गर्दा महामारी नियन्त्रण र क्षति कम गर्न सहयोग पुग्ने बताइएको छ ।

  • २२ बैशाख २०७८, बुधबार १४:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images