लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना संक्रमितको मृत्यु
  • CIA Khabar

  • बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।

    मंगलबार बिहान ३ बजे गुल्मीको कालिगण्डकी गाउँपालिका–७ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो । अस्पतालका प्रवक्ता डा। बिष्णु गौतमका अनुसार मंगलबार बिहान ४ बजेर ५ मिनेट जाँदा रुपन्देहीको सैनामैना नगरपालिका–३ की ६९ वर्षीय महिलाको मृत्यु भयो ।

    त्यस्तै, मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा रुपन्देहीको कञ्चन गाउँपालिका–४ की २७ वर्षीय महिलाको मृत्यु भएको थियो भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ का ४५ वर्षीय पुरुषको मंगलबार राति ९ बजे मृत्यु भएको डा। गौतमले जनाए ।

    त्यस्तै मंगलबार राति १० बजे बुटवल उपमहानगरपालिका १२ का ४७ वर्षीय पुरुषको मृत्यु भएको थियो । रुपन्देहीकै बुटवल–९ की ५४ वर्षीय महिलाको बुधबार बिहान ६ बजेर २५ मिनेट जाँदा मृत्यु भएको थियो भने त्यसको ५ मिनेटपछि तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीय महिलाको मृत्यु भएको थियो ।

     

  • २२ बैशाख २०७८, बुधबार १४:५७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images