यी अस्पतालले पाए तीन हजार भाइल रेम्डिसिभिर (विवरणसहित)
  • CIA Khabar

  • काठमाडौ ।  कोरोना भाइरस (कोभिड—१९) का जटिल खालका बिरामीले प्रयोग गर्ने रेम्डिसिभिर औषधि उपत्यका लगायत विभिन्न अस्पताललाई वितरण गरिएको छ । काठमाडौंमा मंगलबार तीन हजार भाइल औषधि भित्रिएको औषधि व्यवस्था विभागले जनाएको छ । हाम्रो मेडी कन्सर्नले बेक्सिम्को फर्मास्युटिकल्स बंगलादेशमा उत्पादित तीन हजार भाइल रेम्डिसिभिर आयात गरेको औषधि व्यवस्था विभागले प्रवक्ता सन्तोष केसीले बताए ।

    संक्रमित सबैलाई रेम्डिसिभिर आवश्यक नपर्ने भएकाले प्रोटोकल अनुसार सिफारिस गर्न विभागले अनुरोध गरेको छ । तीन हजार रेम्डिसिभिर औषधि देशभरका ५० वटा अस्पतालहरुमा वितरण गरिएको छ । विभागका अनुसार आगामी दिनमा तोकिएका सबै कोभिड अस्पतालहरुमा क्रमश उपलब्ध गराइने छ । औषधि व्यवस्था विभागले एक लाख ३० रेमडिसिभिर औषधि खरिदका लागि अनुमति दिएको छ ।

    यी अस्पतालले पाए

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज १३५, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल १०८, नेपाल पुलिस हस्पिटल १०८, नेपाल सशस्त्र प्रहरी अस्पताल ५४, ग्रान्डी अस्पताल ५४, चिरायु नेशलन हस्पिटल ५४, काठमाडौं मेडिकल कलेज ५४, केडिसी २७, भक्तपुर अस्पताल २७, मध्यपुर अस्पताल १२, ह्याम्स अस्पताल १०८, बी एण्ड बी ५४, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रले १२ भाइल रेम्डिसिभिर पाएका छन् ।

    यस्तै नर्भिक अस्पतालले ५४ हेल्पिङ ह्यान्स सामुदायिक हस्पिटल २७, ओम अस्पताल ५४, निदान अस्पताल ५४ भाइल रेम्डिसिभिर औषधि प्राप्त गरेका छन् ।

    नेपाल आर्मी हस्पिटल ५४, सुमेरु सिटी हस्पिटल १८, मेडिप्लस १२, कोरियन मैत्री हस्पिटल १२, शिर मेमोरियल १२, वीर अस्पताल ५४, मेडिसिटी हस्पिटल १०८, नेपाल मेडिकल कलेज १२, पाटन हस्पिटल ५४, स्टार हस्पिटल १२, मेघा हस्पिटल २७, सिभिल सर्भिस हस्पिटल १०८, नेपाल नेशनल हस्पिटल ५४, नारायनी उपक्षेत्रीय हस्पिटलले ५४, भरतपुर अस्तपाल १८, फिस्टेल हस्पिटल पोखरा २७, कीर्तिपुर हस्पिटल २७, दीर्घायु गुरु हस्पिटल २७, काठमाडौं मोडेल हस्पिटल २७, लुम्बिनी प्रादेशिक अस्पताल १०८ भाइल प्राप्त गरेको विभागले जनाएको छ ।

    यस्तै शहीद मेमोरियल हस्पिटल २७, युसिएमएस ५४, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर १०८, राप्ती उपक्षेत्रीय अस्पताल ५४, स्वास्थ्य सेवा विभाग १०८, सिविक हस्पिटल २७, विपी स्मृति हस्पिटलले २७, नेपाल भारत मैत्री हस्पिटललाई २७ भाइल वितरण गरिएको छ । २०० भाइल सिधै बिरामीलाई उपलब्ध गराइएको विभागको भनाइ छ ।

  • २२ बैशाख २०७८, बुधबार १५:०४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images