पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
  • CIA Khabar

  • पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङ्जा र पर्वतमा दुई जनाको मृत्यु भएको हो । स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका स्याङजा र पर्वतका दुईजना पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।

    उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको गल्याङ नगरपालिका–११ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । उनमा बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी पर्वत जिल्लाको जलजला गाउँपालिका–७ का ८४ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ ।

  • २२ बैशाख २०७८, बुधबार १५:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images