नेकपा माओवादी केन्द्रले बुझायो समर्थन फिर्ताको पत्र
  • CIA Khabar

  • काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको पत्र संसद सचिवालयलाई बुझाएको छ ।

    मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो ।

    पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाएको माओवादीका मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा आजकै मितिबाट लागु हुनेगरी समर्थन फिर्ता लिइएको उल्लेख छ ।

    माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सांसद छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले सर्मथन फिर्ता लिनुअघि नै वैशाख २७ मा विश्वासको मत लिने निर्णय गरेका छन् ।

    माओवादी केन्द्रले बुझाएको पत्र पढ्नुहोस्

  • २२ बैशाख २०७८, बुधबार १५:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images