नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात गर्ने परिमाण बढायो
  • CIA Khabar

  • नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको सीमा २० किलोसम्म बनाएको छ। केन्द्रीय बैंकले आज एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो। विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्। विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघलगायत सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गर्दै आएका थिए।सोही मागअनुसार नै सुन आयात तथा बिक्रीवितरणसम्बन्धी कार्यविधिमा संशोधन गरिएको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० किलोग्राम कायम गरिएको छ।

  • २० चैत्र २०७७, शुक्रबार ०६:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images