लुम्बिनी प्रदेशका एमाले सांसद डाँगीले दिए राजीनामा
  • CIA Khabar

  • दाङ । नेकपा एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नं। २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले सांसद पदबाट राजीनामा दिएका छन् ।
    डाँगीले बुधबार सभामुख पूर्णबहादुर घर्तीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

    डाँगीले राजीनामा दिएको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले पुष्टि गरे । ‘माननीय डाँगीले भर्खरै सभामुखज्यूलाई भेटेर राजीनामा दिनुभएको छ । सभामुखले सचिवालयमा पठाउनुभएको छ’, मगरले एस एन एन नेपाल सँग भने ।

    मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ ।

  • २२ बैशाख २०७८, बुधबार १५:४४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images