अक्सिजन अभाव भएपछि नेपालगञ्ज मेडिकल कलेजले भन्यो- अबदेखि नयाँ बिरामी भर्ना गर्न सक्दैनौं
  • CIA Khabar

  • नेपालगञ्ज । लर्ड बुद्ध एजुकेसन एकेडेमी लिमिटेड नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्जले अक्सिजन अभावका कारण अब थप बिरामी भर्ना गर्न नसक्ने बताएको छ।

    कलेजका प्रबन्ध सञ्चालक डा। सुरेशकुमार कनोडियाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हाल कलेजले १३५ बेड सञ्चालन गरिरहेको र अक्सिजनको चरम अभाव भएको हुँदा अब थप बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको उल्लेख गरेका छन्।

    यसअघि भारतबाट आउने गरेको अक्सिजन ट्यांक र अक्सिजन सिलिण्डर आउन नसकेको हुँदा थप बिरामीको भर्ना तथा उपचार गर्न असमर्थ रहेको कलेज प्रशासनले जानकारी दिएको हो।

    कोभिडका बिरामी थपिँदै गएपछि वैशाख ३ गतेदेखि आइसियू बेडसहितको ४५ बेड सुरू गरेको र बिरामी थपिने क्रम बढ्दै गएपछि १०० बेड हुँदै बढाएर ३०० बेड सञ्चालन गर्ने निर्णय गरेको भए पनि हालसम्म १३५ बेडमात्रै सञ्चालन गर्न सकिएको निर्देशक कनोडियाले उल्लेख गरेका छन् ।

    तर, कनोडियाले भारतबाट अक्सिजन ट्यांक र अक्सिजन सिलिण्डर ल्याउन सरकारले तुरून्त सघाए ३०० बेड सञ्चालन गर्न सकिने तथा थप बिरामी भर्ना गर्न सकिने पनि स्पष्ट पारेका छन्।

    अक्सिजन अभावबारे यसअघि वैशाख १९ र २१ गते समेत स्वास्थ्य तथा जनासंख्या मन्त्रालयमा लिखित रूपमा पत्रचार गरिएको निर्देशक कनोडियाले उल्लेख गरेका छन्।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीको चाप नेपालगञ्ज मेडिकल कलेजमा हुने भन्दै उनले ती कोरोना बिरामीको उपचारका लागि हरेक ५ दिनमा एउटा अक्सिजन ट्याङ्क वा दैनिक ८०० अक्सिजन सिलिण्डर आवश्यक पर्ने निर्देशक कनोडियाले उल्लेख गरेका छन्।

    हालसम्म उक्त कलेजमा ३०३ जना कोरोना बिरामी उपचारको लागि भर्ना भएकोमा १२६ उपचार पछि निको भई घर फर्किएको, १३३ जना उपचाररत् रहेको र ४४ जनाको मृत्यु भएको जानकारी दिइएको छ।

    त्यस्तै हालसम्म उक्त कलेजमा चिकित्सक र स्वास्थ्यकर्मी गरी १४८ संक्रमित भइसकेको कलेजले जनाएको छ।

  • २२ बैशाख २०७८, बुधबार १६:४१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images