निर्धन उत्थान लघुबित्तद्वारा कोरोना सङ्क्रमण रोकथामको लागि २ करोड १६ लाख बराबर आर्थिक अनुदान सहयोग प्रदान
  • CIA Khabar

  • काठमाडौ । नेपालकै अग्रणी लघुबित्त सस्था, देशकै ७७ ओटा जिल्लामा १८१ शाखा बाट सेवा प्रदान गरिरहेको निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाले कोरोनाको दोस्रो लहर बढ्दो क्रममा देखिएको र सस्थाका ग्राहक सदस्यहरु पनि प्रभाबित भएकोले निजहरुको स्वास्थ्य सुरक्षालाइ मध्यनजर गर्दै स्वास्थ सुरक्षा , सर्तकता सम्बन्धित सामाग्री प्रयोग गरि ब्यबसायको सुरक्षण एवम निरन्तरतादिन यश आपतकालीन अबस्थामा सस्थाका सबै शाखाकार्यालय मार्फत सस्थामा आबद्द भएका सबै ग्राहक सदस्यहरुलाइ उपयोग गर्ने गरि  २ करोड १५ लाख ३१ हजार ४ सय रुपैया आर्थिक अनुदान सहयोग प्रदान गरेको छ।

     

    शाखा कार्यालय ले उत्त रकम केन्द्रकोष मार्फत खर्चगर्ने ब्यबस्था अनुरुप त्यस रकम बाट प्रत्येक केन्द्र सदस्यहरुलाइ आबश्य स्वास्थ्य सामाग्री सेनिटाइजर, माक्स, साबुन लगायतका सामाग्री खरिद गरि शाखाले प्रदान गर्ने जसले गर्दा समूह सदस्यहरु सुरक्षित हुने बिश्वास गरिएको छ।

    सस्थाले आर्थिक बर्ष २०७६र०७७ मा ब्यबसाय पुनस्थापनाको लागि रु २ करोड ९ लाख २९ हजार ७ सय रुपैया राहतर अनुदान प्रदान गरेको थियो भने आर्थिक बर्ष २०७७र०७८ भाद्र महिनामा कोरोनाको कारण ब्यबसाय आशिक वा पुर्ण रुपमा बन्द भएका ७,२५० जना ऋणिलाई रु १० हजारका दरले रु ७ करोड २५ लाख रुपैया ब्यबसाय पुनस्थापनाको लागि आर्थिक अनुदान प्रदान गरेको थियो। हाल निर्धन उत्थान लघुबित्त सस्थाले देशै भरीमा ३,७८,४५८ जना बिपन्न परिवारलाइ बित्तिय तथा गैरबित्तिय सेवा प्रदान गरिरहेको छ।

    सस्थाले समस्यामा परेका ऋणिको ब्यबसाय सुरक्षण एवम पुनस्थापना गर्न तथा ग्राहकहरुको शिक्षा तथा क्षमता बिकास गर्नकोलागी ग्राहक सदस्यहरुलाइ समय परिस्थिति र आबश्यकता अनुरुप राहत अनुदान दिदै आएको र आगामी दिनमा समेत यसले निरन्तरता पाउने सस्थाका वरिष्ठ ब्यबस्थापक जग्य पन्तले बताउनुभयो ।

  • २२ बैशाख २०७८, बुधबार १६:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images