रुसी खोपको मूल्यमा कुरो मिलेन, अनुदान माग्दै सरकार
  • CIA Khabar

  • काठमाडौ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र रुसबाट आएको प्रतिनिधिमण्डलको टोलीबीच नेपालमा रुसी खोप ल्याउने सहमति भएको भनिए पनि रुसी खोप आउनेबारे अझैसम्म टुङ्गो लाग्न सकेको छैन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रुसी राजदूतसँग यसबारे छलफल गरे पनि परिणाम हात लागेको छैन ।

    वैशाख १५ गते बुधबार मस्कोबाट आएको प्रतिनिधिमण्डल र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबाट ८० लाख डोज रुसी भ्याक्सिन किन्ने अनौपचारिक सहमति भएको थियो । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मूल्यको विषयमा छलफल भइरहेको र यसबारे केही दिनमै निर्णय हुने बताएका थिए ।

    त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १७ गते बालुवाटारमा रुसी राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा नेपालले ‘स्पुतनिक–भी’ खोप प्रयोगका लागि अनुमति प्रदान गरिसकेको बताएका थिए । प्रधानमन्त्री ओलीले रुसबाट खोप ल्याउनेबारे सहजीकरण गरिदिन राजदूतसमक्ष आग्रह गरेका थिए ।

  • २२ बैशाख २०७८, बुधबार १७:१२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images