छुवाछूतको मानसिकताले भरिएको अर्घाखाँची
  • सरु सुनार

  • अर्घाखाँची  । अहिले पनि कतिपय ठाउँहरुमा केही ब्यक्तिहरु अन्धविश्वासकै सोचाइमा चल्दै आएको देखिरहेका छौ तेस्तै एक अर्घाखाँची जिल्लाको स. न.पा.-०१, तुम्कोट बस्तीमा रहेको ब्रहामण समुदायका ब्यक्तिहरु अझै पनि छुवाछूतको अन्धबिश्वासमा अल्झिरहेका छन्। त्यसको असर, प्रभाव र समस्या दलित समुदायका ब्यक्तिहरुले झेल्नुपरिरहेको छ ।

    जुन बस्तीमा ब्रहामण समुदायका जात जातिहरु पराजुली, बस्याल, कुवँर, भुसाल, पौडेल, चुदाली र आचार्यहरु बस्ने गर्दछन। भने दलित समुदायका जात जातिहरु नेपाली मात्रै रहेका छन्। ब्रहामण समुदायका ब्यक्तिहरुले दलित समुदायका ब्यक्तिहरुलाइ यति सम्म दबाबमा पारिरहेका छन् कि जस्को असर मन्दिर, बाटो, भोजभतेर, घरहरू इत्यादि कार्यहरुमा भोग्दै आउनु परेको छ।

    जति नै कानुनको नयाँ पेजमा जातीय छुवाछूतको अन्त्य लेखिएता पनि मानिसहरू उहि पुरानै अन्धबिस्वासलाई डोर्‍याउदै आएका छन् ।

    न.पा. -० १, तुम्कोट ब्रहामण समुदायका कोहि ब्यक्तिहरु यतिसम्म गर्दै आएका छन् कि बाटोमा हिड्दा दलित समुदायका ब्यक्तिहरुलाइ देखे भनी जसरी पशु केही मोटर गाडीहरूको आवाज सुनेर तर्सदै भाग्छ त्यसरी नै दलित समुदायका ब्यक्तिहरु देखे भनि बाटो माथि ढिक तिर तर्किएर बस्छन् । एउटा साझा मन्दिर जुन दलित र ब्रहामण दुबै समुदायका ब्यक्तिहरु द्वारा निर्माण गरिएको थियो ।

    अहिले ब्रहामण समुदायको निजि मन्दिर जस्तै भएको छ मन्दिरमा केही पुजा राखिएको थियोे त्यो पुजामा दलित समुदायका केही ब्यक्तिहरुले दलित द्वारा ब्रहामणलाई भोजन गराउने निर्णय गरे र भोजन बनाउने क्रम मै दुबै समुदायका ब्यक्तिहरुमा झगडा भयो हामीले दलितले छोएको खादैनौ भनेर ब्रहामणहरुले झगडा गरे र भोजन नगरी गए उक्त मन्दिरको पुजारी छविलाल आचार्य रहेका छन् भने मन्दिरको रेखदेख पुर्षतम पौडेलले गर्दै आएका छन् दलित समुदायमा केही पुजा पाठ वा अन्य भोजभतेर हुने क्रममा ब्रहामण समुदायका ब्यक्तिहरुलाइ छुट्टै ब्यवस्था समेत गराउदै आएको छ।

  • २२ बैशाख २०७८, बुधबार १७:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images