देउवालाई भेट्न ओली सुटुक्क बुढानीलकण्ठमा
  • CIA Khabar

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका पुगेका छन् ।

    प्रधानमन्त्री ओली उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुगेका हुन् ।

    देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि बुढानीलकण्ठ आएको बताए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेका छन् ।

    कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग छलफल गरिरहेको अवस्थामा प्रधानमन्त्रीले सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

    राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।

  • २२ बैशाख २०७८, बुधबार १७:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images