लुम्विनीका तीन मन्त्रीले लिए सपथ, सम्हाले कार्यभार
  • CIA Khabar

  • बुटवल । दोश्रो पटक लुम्विनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेलले विस्तार गरेको मन्त्री मण्डलका तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनु भएको हो। शपथ लिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव हुनुहुन्छ ।

    पुन नियुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार तेस्रो पटक मन्त्री मण्डल विस्तार गर्दै १० सदस्यीय बनाउनुभएको थियो । पोखरेलले यसअघि नै बैजनाथ चौधरी ९थारु०लाई आर्थिक मामिला तथा योजनामन्त्री, हरिप्रसाद रिजाललाई ग्रामीण तथा सहरी विकास, सन्तोषकुमार पाण्डेयलाई भौतिक पूर्वाधार विकास, विजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरणमन्त्री तथा सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गर्नुभएको थियो।सपथपछि ३ वटै मन्त्रीले आ आफ्नो मन्त्रालयमा पुगेर कार्यभार समेत सम्हाल्नु भएको वताइएकोछ ।

  • २२ बैशाख २०७८, बुधबार १८:०९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images