कोरोना ट्रेण्ड : पाँच गुणा जाँच हुँदा संक्रमण १९ गुणाले वृद्धि
  • CIA Khabar

  • वाँके । कोरोना कहरको दोस्रो लहरमा हटस्पट बनेको बाँके नेपालगन्जस्थित भेरी अस्पतालले कोभिड १९ परिक्षण, परिणाम र बिरामीको ट्रेन्डबारे विश्लेषण गरेको छ । भेरी अस्पतालले मंगलवार राती आफ्नो आधिकारिक फेसबुक पेजमार्फत विश्लेषण सार्वजनिक गरेको हो । सघन विश्लेषणले संक्रमणको अवस्थालाई गहिरो ढंगले उजागर गरेको छ ।

    भेरी अस्पतालका अनुसार, फागुन र चैतको महिनामा परिक्षणको संख्या सरदर समान रहे पनि चैतको महिनामा च्त्एऋच् मा संक्रमण पुष्टि हुने भने करीब ४ गुना बढेको देखिन्छ। चैत महिनाको र बैशाख २० सम्मको परिक्षण ट्रेन्ड तुलना गर्ने हो भने परिक्षण ८९२ बाट ५७३२ ९करीब ५ गुना ० बढ्दा पोजेटिभको संख्या भने १८९ बाट ३६४९ ९१९ गुना ० बढी पुगेको देखिन्छ।

    चैत १ देखि बैशाख २० सम्म भेरी अस्पतालबाट नयाँ संक्रमित पहिचान भएको संख्या ३७९० रहेको छ । जबकि बैशाख १२ देखि २० मा मात्र १८४७ पहिचान भएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पतालले मंगलवार राती आफ्नो आधिकारिक फेसबुक पेजमा विश्लेषण प्रकाशित गर्दै भनेको छ, यसले संक्रमण कति तीब्र गतिमा फैलिरहेको छ भन्ने देखाउँछ ।

  • २२ बैशाख २०७८, बुधबार १८:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images