काठमाडौँ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो
  • CIA Khabar

  • काठमाडौँ । काठमाडौँ उपत्यामा मात्रै हालसम्म ३० हजार बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयको बुधबारको तथ्यांक अनुसार काठमाडौँ उपत्यकाका तीन वटै जिल्लामा गरी ३० हजार १५५ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

    पछिल्लो विवरण अनुसार काठमाडौँमा मात्रै सक्रिय संक्रमितको संख्यामा २२ हजार ८०८ रहेको छ । यसैगरी काठमाडौँमा हालसम्म निको भएकाहरुको संख्या १ लाख ९ हजार ६९३ रहेको छ भने ८०३ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौँमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख ३३ हजार ३०४ पुगेको छ ।

    त्यस्तै ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ४६ सय रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या १७ हजार २६० रहेको छ भने २२६ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ हजार ८६ पुगेको छ ।

    यसैगरी भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा २७ सय ४७ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या ९ हजार ७१७ रहेको छ भने १६५ जनाले ज्यान गुमाएका छन् ।

    यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या १२ हजार ६ सय २९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    यस्तो छ मन्त्रालयको तथ्यांक

  • २२ बैशाख २०७८, बुधबार १८:२० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images