राष्ट्रपतिद्वारा थप एक महत्वपूर्ण अध्यादेश जारी: प्रधानमन्त्री ओलीको सपना साकार हुँदै
  • CIA Khabar

  • काठमाडौँ । राष्ट्रपति विद्योदेवी भण्डारीले बुधबार थप एक अध्यादेश जारी गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम रेल्वे अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यसअघि मंगलबार राष्ट्रपतिले संवैधानिक परिषद्लगायतका विभिन्न ७ वटा अध्यादेश जारी गर्नुभएको थियो । यो सँगै प्रधानमन्त्री अ‍ोलीले नेपालमा रलमार्गको सपना पुरा हुने गतिमा आगाडी बढेको छ । कानुन अभावका कारण रेल सञ्चालनमा आउन सकेको थिएन । यो सँगै अब नेपालमा रेल मार्गको शुरुवात हुने भएको छ ।

    जनकपुर-जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो । यसअघि रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खोल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अध्यादेशको मस्यौदा गरेको थियो ।

  • २२ बैशाख २०७८, बुधबार १८:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images