पहिलो डेटमा रोएका थिए नवाजुद्दीन
  • CIA Khabar

  • मुम्बई– पहिलो प्रेम, अनि पहिलो डेट । प्रेम जोडीका लागि यो भन्दा रोमाञ्चक क्षण कुन होला र । तर अभिनेता बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीका लागि भने पहिलो डेट भावुकपूर्ण बन्यो ।

    एबीपी लाइभमा प्रकाशित समाचारअनुसार नवाजुद्दीन मुम्बईमा नयाँ हुँदा नेशनल स्कूल अफ ड्रामामा भर्ना भएका थिए । मुम्बईमा केही समय बसेपछि नवाजुद्दीनलाई मुम्बईमा कोही न कोही केटी साथी हुन्छन् भन्ने लाग्यो ।

    गाउँबाट आएका नवाजुद्दीनले आफ्नो पनि कोही केटी साथी भयो भने जीवन परिवर्तन हुन्छ भन्ने सोचेका थिए । विस्तारै उनको घनिष्ठता एक युवतीसँग भयो । घनिष्ठ बनेपछि एकदिन नवाजुद्दीनले ती युवतीलाई डेटमा लैजाने निर्णय लिए ।

    नवाजुद्दीनले युवतीलाई लिहाजामा घुमाउन लगेका थिए । दुवै पार्कमा घुमिरहेका थिए । आधा घण्टा बित्दासम्म दुवै मौन थिए । युवतीलाई दिक्क भएपछि नवाजुद्दीनलाई घर जान भनिन् ।

    युवतीको भनाई सुनेपछि नवाजुद्दीनले तुरुन्तै युवतीको हात समाते । नवाजुद्दीनको व्यवहारबाट झस्केकी युवतीले आफ्नो अनुमति बिना नै किन हात समातेको भनेर थकाईन् ।

    नवाजुद्दीन युवतीको रिस देखेर कतै मानिसहरु भेला हुने त होइनन् भन्दै डराए । नवाजुद्दीनले युवतीलाई फकाउन थालेपछि उनी रुन थाले ।

    नवाजुद्दीन रोएको देखेर युवतीको रिस केही कम भयो । युवतीलाई आफूले गाली गर्दा पनि नवाजुद्दीन नरिसाएको देखेर उनमा दयाभाव जाग्यो।

    त्यसपछि युवतीले नवाजुद्दीनको हात समातेर अंकमाल गरिन् र गालामा चुम्बन गरिन् । त्यसपछि नवाजुद्दीनले रुने काम बन्द गरे ।

    यो किस्सा निर्देशक अनुराग कश्यपलाई नवाजुद्दीनले सुनाएपछि अनुरागले यो किस्सा यति मनपराएकी उनले फिल्म ‘ग्याङ अफ वासेपुर’मा एक दृश्य नै बनाए । यो दृश्यमा हुमा कुरैशी र नवाजुद्दीन छन् ।

  • २२ बैशाख २०७८, बुधबार २०:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images