राष्ट्रपतिले आज मेलम्ची खानेपानीको उद्घाटन गर्ने

उद्घाटनका लागि भृकुटीमण्डपमा बनाइयो ढुंगेधारा

  • CIA Khabar

  • राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्ची खानेपानीको औपचारिक उद्घाटन गर्ने भएकी छिन् । काठमाडौँको भृकुटीमण्डपमा धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ  ।  भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा राष्ट्रपतिबाट उद्घाटनको कार्यक्रम राखिएको हो । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाइएको छ ।

    राष्ट्रपति भण्डारीले दिउँसो २ बजे मेलम्ची उद्घाटन गर्ने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन् ।मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गर्ने तयारी रहेको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले बताए ।

    सर्वसाधारणलाई साक्षी राखेर मेलम्ची उद्घाटन गर्न लागिएको उनको भनाइ छ । यसअघि आयोजनाले २३ गते उद्घाटन गर्ने तयारी गरेको थियो । तर पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम अगाडि सारिएको हो ।

    काठमाडौं उपत्यका केही स्थानमा आइतबारदेखि नै मेलम्चीको पानी वितरण थालिसकिएको छ । हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन बिराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ ।हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ ।

  • २० चैत्र २०७७, शुक्रबार ०८:११ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images