लुम्बिनी प्रदेशमा होल्डिङ सेन्टर बनाउन ७९ लाख
  • CIA Khabar

  • बुटवल । लुम्बिनी प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि जिल्ला विपद व्यवस्थापन केन्द्रलाई ७९ लाख रुपैँया दिने निर्णय गरेको छ ।

    बुधबार भएको प्रदेश मन्त्रिपरिषद बैठकले सीमा क्षेत्रमा होल्डिङ सेन्टर निर्माण गरी महामारी नियन्त्रण गर्न रकम रकम पठाउने निर्णय गरेको हो ।

    प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले १२ जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिए । सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरी रकम उपलब्ध गराउने निर्णय भएको हो ।

    रकम प्रदेश सरकारको विपद कोषबाट जिल्ला विपद कोषमा पठाइने मन्त्री चौधरीले बताए । कोभिडबाट बढी प्रभावित रूपन्देही र बाँके जिल्लाले १०–१० लाख रुपैयाँ पाउनेछन् । गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पूर्वरुकुमलाई ५—५ लाख रुपैयाँ छुट्याइएको छ ।

    जेठमा गर्ने भनिएको प्रदेश लगानी सम्मेलन आगामी काकि २७ र २८ गते गर्ने निर्णय भएको पनि मन्त्री चौधरीले बताए ।

  • २२ बैशाख २०७८, बुधबार २०:३५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images