घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरे थप पाँच सय रुपैयाँ लाग्ने
  • CIA Khabar

  • काठमाडौँ । पीसीआर परीक्षणका लागि घरमै पुगेर स्वाब सङ्कलन गर्नुपरेमा थप पाँच सय रुपैयाँ शुल्क लाग्ने भएको छ ।

    मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अशक्त र जटिल बिरामीका लागि स्वाब सङ्कलन टोली घरमै पुग्ने र त्यसका लागि थप पाँच सय रुपैयाँ लाग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    त्यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड तयार गर्ने पनि उनले बताए । यस्तै सरकारले बिहीवार ९भोलि० सम्ममा कोरोना सङ्क्रमित व्यक्तिको उपचारमा प्रयोग हुने रेम्डिसिभर चार हजार भाइल आइपुग्ने जनाएको छ । मङ्गलवार (हिजो) तीन हजार भाइल उपलब्ध भएको र दुई दिन अघिसम्म एक लाख २५ हजार भाइल प्राप्त भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताए ।

  • २२ बैशाख २०७८, बुधबार २१:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images