पूर्वरानी शाहको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो
  • CIA Khabar

  • काठमाडौँ ।  पूर्वरानी कोमलराज्य लक्ष्मी शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ।

    कोरोनाभाइरसको संक्रमण भएपछि पूर्वरानी शाहलाई थापाथलीस्थित नर्भिक अस्पताल उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत बिहीबारबाट उनको प्लाज्मा थेरापी विधिबाट आईसीयूमा राखेर उपचार थालिएको हो ।

    अहिले पूर्वरानी शाहको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । सुधार आएपछि उनलाई आईसीयूबाट वार्डमा सारिएको अस्पतालले जानकारी दिएको हो ।

    यस्तै कोरोना संक्रमित भएका पूर्वराजा ज्ञानेन्द्र र पूर्वअधिराजकुमारी प्रेरणा शाहको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

  • २२ बैशाख २०७८, बुधबार २१:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images