अक्सिजनको कमी भएपछि मदनकृष्ण अस्पताल भर्ना
  • CIA Khabar

  • काठमाडौं । शरीरमा अक्सिजनको मात्रा कम भएपछि कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । परिवारका अनुसार गत वैशाख ६ गते मदनसहित उनको परिवारका पाँचै जनालाई कोरोना भाइरस संक्रमण भएपछि घरमा नै आइसोलेसनमा बसिरहेका थिए ।

    घरमा बसिरहँदा स्वास्थ्यमा समस्या आएपछि उनलाई गत वैशाख १० गते नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकले उनको छातीमा संक्रमण देखिएको जानकारी गराएका थिए । अस्पताल बसाई पछि गत वैशाख १७ गते घर फर्किएका मदनकृष्णलाई श्वास फेर्न समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको हो ।

    उनको अक्सिजन लेभल ८५ आसपास पुगेको थियो। मदनको उपचारमा ‘रेमडेसिबिर’ औषधि चलाइएको छ। मदनले पहिलो चरणको कोरोना भ्याक्सिन लगाइसकेका छन् । मदनकृष्णसहित परिवारको कोरोना रिपोर्ट आउन बाँकी छ ।

  • २२ बैशाख २०७८, बुधबार २१:१६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images