यसपालिको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने
  • CIA Khabar

  • Torrential rain causing flood.

    काठमाडौं । यसपालिको मनसुनको समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदेशका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने अनुमान छ ।

    उच्च हिमाली क्षेत्रमा भने ५५ देखि ६५ प्रतिशत वर्षा ९हिउँ० हुने अनुमान गरिएको विभागको जलवायु विश्लेषण शाखा प्रमुख वरिष्ठ मौसमविद् डा।इन्दिरा कँडेलले जानकारी दिइन् । यसरी बढी हिउँ पर्दा हिमाली जनजीवन प्रभावित हुनसक्ने छ । जल तथा मौसम विज्ञान विभाग र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले मनसुन अवधिमा हुने तापक्रम र वर्षाको अवस्थाबारे अनुमान गरी सार्वजनिक गरेको हो ।

     

  • २३ बैशाख २०७८, बिहीबार ०६:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images