गण्डकी प्रदेशमा थप ५७४ जनामा कोरोना संक्रमण पुष्टि
  • CIA Khabar

  • गण्डकी  । गण्डकी प्रदेशमा थप ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गण्डकी विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा प्रदेशका मुस्ताङ बाहेकका १० जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्।
    पछिल्लो २४ घण्टामा १२९० जनाको परिक्षण गरिएकोमा ५७४ जनामा संक्रमण देखिएको हो । परिक्षणका क्रममा सवैभन्दा धेरै कास्कीमा २९२ जनामा संक्रमण देखिएको छ । त्यसैगरी गण्डकी प्रदेशका अन्य ९ जिल्लामा २८२ सहित ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।
    उनका अनुसार बुधबार देखिएका संक्रमितहरुमा पोखरामा २७५ सहित कास्कीमा २९२, नवलपरासी पूर्वमा ५२, स्याङ्जामा २७, बाग्लुङमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी तनहुँमा ४४,लमजुङमा २, गोरखामा ६०, पर्वतमा ८, म्याग्दीमा २९ जना र मनाङमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रदेशमा २४ घण्टामा थप २ जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २३७ पुगेको निर्देशनालयले जनाएको छ ।
    प्रदेशमा आज ८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म गण्डकी प्रदेशमा २ हजार ८०४ जना होम आइसोलेशनमा रहेका छन् । प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१ रहेको छ ।

    गण्डकीमा अहिलेसम्म १ लाख ४८ हजार ६१० जनाको कोरोना परिक्षण गरिएको छ । त्यसमध्ये प्रदेशमा २० हजार ४२७ कोरोना संक्रमित भेटिएका छन् । परिक्षण गरिएका १ लाख ४८ हजार ६१० मध्ये १ लाख २८ हजार १८३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । त्यसैगरी अहिलेसम्म प्रदेशमा १७ हजार १५९ जना संक्रमणमुक्त भएका छन् ।

  • २३ बैशाख २०७८, बिहीबार ०६:२४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images