चरीकोटमा अत्याधुनिक पिसिआर प्रयोगशाला शुरु
  • CIA Khabar

  • दोलखा । दोलखा जिल्लामा पहिलो पटक कोरोना भाइरसको परीक्षण गर्न पिसिआर परीक्षणका लागि प्रयोगशाला शुरु भएको छ । दोलखा, भीमेश्वर नगरपालिकास्थित चरीकोट अस्पतालमा आज प्रयोगशालाको उद्घाटन गरेर परीक्षण शुरु गरिएको हो । प्रयोगशाला २४ घण्टा चलाउँदा ५०० सम्म स्वाब परीक्षण गर्ने क्षमता छ ।

    दक्ष जनशक्तिसमेत लगेर प्रयोगशालाको उद्घाटन गरिएको वाग्मती प्रदेश, जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख डा नारायणबहादुर कार्कीले जानकारी दिए । सो प्रयोगशालामा दोलखा नजीकका रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीबाट पनि स्वाब संकलन गरेर ल्याउन सकिने बताइएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार ०६:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images