चेल्सी च्याम्पियन्स लिगको फाइनलमा
  • CIA Khabar

  • काठमाडौँ । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाइनल प्रवेश गरेको हो ।

    प्रिमियर लिग क्लब चेल्सी समग्रमा ३–१ को नतिजासहित फाईनल प्रवेश गर्‍यो । दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमो वार्नर र मिसन माउण्टले एक एक गोल गरे ।

    चेल्सीले च्याम्पियन्स लिगको उपाधिका लागि प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटीसंग प्रतिस्पर्धा गर्नेछ ।

  • २३ बैशाख २०७८, बिहीबार ०७:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images