एउटाले बाटो बनाउँदै जान्छ, अर्काले भत्काउँदै जान्छ : प्रधानमन्त्री ओली
  • CIA Khabar

  • प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काममा सरकारी निकायबीच तालमेल हुन जरुरी रहेको बताएका छन् । शुक्रबार भृकुटीमण्डपमा मेलम्चीको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तालमेल नमिल्दा केही कामहरु भद्रगोल हुनपुगेको अब त्यस्तो हुन नदिने बताए । ‘केही तालमेलहरु मिलाउन बाँकी छ । सहकार्य गर्दा सहकार्यको तरिकाले अगाडि बढ्न जरुरी छ सरकारी निकाय र मन्त्रालयबीच समन्वय हुन जरुरी छ’, प्रधानमन्त्रीले भने, ‘एउटाले बाटो बनाउँदै जान्छ अर्काले भत्काउँदै जान्छ । अव त्यस्तो हुनुहुँदैन ।’

    उनले सरकारले सबैभन्दा पहिला मानिसको जीवन रक्षालाई प्राथमिकता दिएको भन्दै कोरोना महामारीकाबीच पनि विकास निर्माणले तीव्रता पाएको बताए । उनले त्यसको फलस्वरुप लामो प्रतिक्षाको विषय बनेको मेलम्चीको पानी काठमाडौबासीका धारामा खसाल्न सम्भव भएको दावी गरे । उनले सरकारले देश विकासमा सवै सामर्थ्य खर्च गरिएको पनि बताए । साथै उनले सरकारी सेवा प्राप्त नगरेका सेवाग्राहीले कुनै सेवा शुल्क र जरिवाना तिर्न नपर्ने बताए । उनले मेलम्चीको पानी वितरण गर्नुलाई खुसीको दिन भन्दै चौतर्फी रुपमा विकासका काम गरिरहेपनि केही तालमेल मिलाउन बाँकी नै रहेको बताए । उनले सरकारले कोरोनामा परीक्षण र उपचार निशुल्क गरेकाले वीमा गरिनु जरुरी नभएको भन्दै त्यो आवश्यक नभएकाले सच्याउन जरुरी रहेको पनि बताए ।

    २०८१ को नयाँ वर्षमा पानीको नयाँ स्रोत जुटाउने

    प्रधानमन्त्री ओलीले २०८१ सालको नयाँ वर्षमा मेलम्ची खानेपानी आयोजनाको टनेलमा अन्य दुई स्रोतबाट पानी थपेर काठमाडौं ल्याइने बताएका छन् । उनले ८१ सालको नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी पनि काठमाडौंमा ल्याइने दावी गरेका हुन् । अब मेलम्चीको टनेलमा पानी मिसाउने आयोजनाको नाम भने फेर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अबको आयोजनाको नाम फेर्नुपर्ला, मेलम्चीभन्दा मानिसले नपत्याउलान्, फेरि के हो–के हो भन्लान् ।

  • २० चैत्र २०७७, शुक्रबार १५:५५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images