आज कस्तो रहला दिनभरको मौसम ?
  • CIA Khabar

  • काठमाडौँ । आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा वर्षा भएको छ ।

    बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा गण्डकी प्रदेश, प्रदेश नं १ का केही स्थानहरुमा साथै वाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित वर्षा भइरहेको उल्लेख छ ।

    आज दिउँसो गण्डकी र प्रदेश १ मा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

    आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै गण्डकी र प्रदेश नं १ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

    वैशाख २३ गते (बिहीबार)

    दिउँसोस् देशका पहाडी भू(भागकाधेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीरअसिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    रातीस् देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    वैशाख २४ गते (शुक्रबार)

    दिउँसोस् देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राति स् देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    वैशाख २५ गते (शनिबार)

    दिउँसोस् देशभर सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राति स् देशका प्रदेश नं १, प्रदेश नं २ तथा बाँकी प्रदेशहरुका पहाडी भू(भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिक बदली रहने छ । देशका प्रदेश नं १ का केही तथा बाँकी पहाडि भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • २३ बैशाख २०७८, बिहीबार ०७:४० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images