विदेशबाट फर्किएका यात्रुसँग बढी भाडा असुलेको आरोपमा एकजना पक्राउ
  • CIA Khabar

  • काठमाडौँ ।  विदेशबाट फर्किएका यात्रुसँग धेरै भाडा लिएको आरोपमा प्रहरीले बस काउण्टरका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार काठमाडौंको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका कर्मचारीलाई बढी भाडा लिएको आरोपमा पक्राउ गरिएको हो ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार पक्राउ पर्नेमा स्याङ्जा चापकोट–७ घर भएका ३० वर्षीय मिलन सारु छन् ।

    उनले बा४ख ४९३ नम्बरको बसमा बागलुङ जाने यात्रुसँग तोकिएको भन्दा तेब्बर सम्म बढी भाडा असुलेको प्रहरीले जनाएको छ ।

    एसएसपी भट्टराईका अनुसार सरकारले ९ सय तोको नियमित भाडादर बढाएर उनले प्रति यात्रु ३ हजारदेखि ४ हजारसम्म लिएका थिए ।

    अहिले ट्राफिक प्रहरीले बससहित उनलाई कारवाहीका लागी महानगरीय प्रहरी वृत महाराजगञ्जमा पठाएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार ०९:०६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images