कोरोना भाइरसविरुद्धको खोपमा पेटेन्ट राइट लगाउन नहुने अमेरिकी अडान
  • CIA Khabar

  • काठमाडौँ । अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा पेटेन्ट राइट लगाउन नहुने अडान लिएको छ ।

    विश्व व्यापार संगठन (डब्ल्युटीओ) ले महामारी नियन्त्रणका लागि खोप उत्पादन बढाउन जरूरी रहेकाले बौद्धिक सम्पती सम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाइरहँदा अमेरिकी धारणा सार्वजनिक भएको हो ।

    भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियान थालिएकोमा अमेरिकाले पनि बौद्धिक सम्पती सम्बन्धी सुरक्षालाई छुट दिनु पर्ने पक्षमा आफू रहेको बताएको बीबीसीले जनाएको छ ।

    अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइले ‘असाधारण समयमा असाधारण उपायहरुको’ माग हुने बताएकी छन् । तर खोपलाई लिएर सर्वमान्य निर्णयमा पुग्न डब्ल्युटीओ सदस्यहरुलाई समय लाग्ने सक्ने उनले बताएकी छन् ।

    भारत र दक्षिण अफ्रिकाले ६ महिनादेखि खोपको पेटेन्ट राइट हटाएर मानव जीवन बचाउनु पर्ने माग गर्दै आएका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोपको पेटेन्ट राइटमा छुट दिनु पर्ने बताउँदै आएका छन् ।

    खोपको पेटेन्ट अधिकारमा छुट दिईँदा त्यसको उत्पादन विश्वका विभिन्न देशमा गर्न सकिने र एकै पटक महामारी नियन्त्रणमा लिन सकिने यसका पक्षधरहरुको भनाइ छ ।

    पेटेन्ट राइट अधिकार अन्तर्गत खोप विकास गरेका कम्पनी तथा देशले यसको ‘कम्पोजिसन’ गोप्य राखेका छन् । महामारीले संसार आक्रान्त हुँदा पनि व्यापारिक दृष्टिकोणबाटै प्रेरित भएको भन्दै त्यसको समेत आलोचना हुने गरेको छ ।

  • २३ बैशाख २०७८, बिहीबार ०९:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images