बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव
  • CIA Khabar

  • बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको छ । विहीबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमले अक्सिजनको अभाव हुन थालेको बताएका हुन् । बुधबार साँझ ६० वटा सिलिन्डर झारिएकोमा अब १० वटा मात्रै जडान गर्न बाँकी रहेको बताउँदै त्यसले आज दिउँसोसम्म मात्रै पुग्ने डाक्टर गौतमले बताए । कोरोना बिशेष अस्पतालमा दैनिक १ सय ५ सिलिन्डरले थेग्दै आएकोमा अहिले माग बढेर ५ सय सिलिन्डर पुगेको बताउँदै उनले आपुर्ति कम हुँदै गएको समस्या सुनाए ।

    ‘सिडिओसावलाई जानकारी गराइएको छ । प्रदेशका स्वास्थ्यमन्त्री ज्यु पनि भर्खरै हुनु भएकोले अलमलको अवस्था छ ,’ डाक्टर गौतमले भने –‘दाङ्गमा एक हप्ताअघि अक्सिजनको अभावमा भयावह स्थित आएको थियो । अब बुटवलमा पनि त्यस्तो स्थिति नआउला भन्न सकिन्न। ’

    विरामीहरु बेड अभावमा भुईँमा लडिरहेको दृश्य शब्दमा चित्रण गर्न नसक्ने डाक्टर गौतमले बताए । उनले रकम अभावका कारण बुटवल धागो कारखानाको आइसोलेसनका संक्रमितहरुलाई अस्पतालले खान खुवाउन नसकेर बुधबार सामाजिक संघ संस्थासँग गुहार माग्नु परेको बताए ।

    गत वर्ष अस्पताल आफैले त्यहाँ उपचार गराएका संक्रमितलाई खान खुवाएको थियो । त्यसको बिल भुक्तानी गर्न स्वास्थ्य निर्देशनालयले आनाकानी गरिरहेकोले तिर्न नसकेर यसपाली संक्रमितका परिवारले खुवाउनुस् भन्न बाध्य छौं,’ डाक्टर गौतमले भने । उनले रकम ब्यवस्थापन हुन सके अस्पताल भित्रै पनि दैनिक २० वटा सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने बताए ।

  • २३ बैशाख २०७८, बिहीबार ०९:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images