डाक्टरलाई ‘दानव’ भनेपछि सुनिलविरुद्ध उजुरी
  • CIA Khabar

  • मुम्बई । भारतका प्रख्यात स्टेण्डअप कमेडियन सुनिल पलविरुद्ध मुम्बईको अँधेरी पुलिस स्टेसनमा उजुरी परेको छ । उनीमाथि प्रन्टलाइनमा काम गर्ने डाक्टरमाथि मजाक गरेको र उनीहरुविरुद्ध अपमानजक शब्द प्रयोग गरेको आरोप छ ।

    दैनिक भास्करका अनुसार सुनिलले आफ्नो वेबसाइटमा अपलोड गरिएको एक भिडियोमा डाक्टरमाथि कोभिड संकटको आडमा मानव तस्करीको आरोप लगाएका छन् ।

    ‘डाक्टर भगवानका एक रुप हुन्छन् । तर ९० प्रतिशत डाक्टरले दानवको रुप धारण गरेका छन् । बिरामीसँग धोकाबाजी गरिएको छ । गरिब व्यक्तिलाई डराउने बनाइएको छ । पुरा दिन कोभिडको नाममा उनीहरुलाई बेड छैन, प्लाज्मा छैन र औषधि छैन भनेर दुःख दिइरहेको छ’, उनले भिडियोमा भनेका छन् ।

    भिडियो भाइरल भएपछि सुनिलले अर्को एक भिडियो बनाउदै आफूले डाक्टरलाई निशाना नबनाएको दाबी गरेका छन् । उनले आफ्नो भनाईले डाक्टरलाई चोट पुगेकोमा माफी माग्दै आफ्नो भनाई फिर्ता लिने बताएका छन् । उनले डाक्टरलाई भगवानको प रहेको भनेका छन् ।

    भिडियो सार्वजनिक हुनासाथ डाक्टरको समूहले अँधेरी पुलिस स्टेसन पुगेर आइपीसीको धारा ५०० (मानहानी) र धारा ५०५(२) अनुसार उजुरी गरेका हुन् ।

  • २३ बैशाख २०७८, बिहीबार १२:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images