कोरोना संक्रमित युवाले गरे आत्महत्या
  • CIA Khabar

  • चितवन । चितवनको माडीमा कोरोना संक्रमित एक युवकले आत्महत्या गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान साढे सात बजेतिर माडी नगरपालिका-३ बस्ने ३५ वर्षीय गोबिन्द साहले घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

    बैशाख १५ गते भारतबाट फर्किएका उनी कोरोना संक्रमित थिए । कोरोना पोजेटिभ भएपछि घरमै होम आईसुलेशनमा बसेका उनले तनाबमा परेर आत्महत्या गरेको हुन सक्ने ईप्रका माडीले जनाएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार १२:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images