आइसोलेसन केन्द्र सुरक्षाको जिम्मा सेनालाई
  • CIA Khabar

  • g]kfnL ;]gfn] lgdf{0f u/]sf Sjf/]G6fOg 8f]6L, !* h]7 M 8f]6Lsf] lzv/ gu/kflnsf–# sfnfuf9sf] hËndf ef/taf6 /f]huf/ u/L cfPsf gful/snfO{ /fVgsf nflu g]kfnL ;]gfn] lgdf{0f u/]sf Sjf/]G6fOg . t:jL/ M ljdnaxfb'/ lji6 ÷/f;;

    बनेपा । कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ ।

    जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बनेपास्थित शिर मेमोरियल अस्पताल, नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युट र नमोबुद्ध नगरपालिकाको नौबिसेस्थित जनक बहुमुखी क्याम्पसमा व्यवस्थापन गरिएको आइसोलेशन केन्द्रको सुरक्षाको जिम्मा धुलिखेलस्थित कालिजङ्ग गणका नेपाली सेनालाई जिम्मा दिने निर्णय गरेको हो ।

    शिर मेमोरियल अस्पालमा २०, इन्स्टिच्युटमा ५०, क्याम्पस भवनमा २५ र पाँचखाल नगरपालिकाको समाजकल्याण चोकमा १५ शय्याका आइसोलेशन कक्षको व्यवस्थापन गरिएको छ ।

    सङ्क्रमणबाट मुत्यु भएकाको शव व्यवस्थापनसमेत नेपाली सेनाले गर्दै आएको छ । हालसम्म पनि जिल्लामा सरकारी, निजी र स्थानीय तहमा शव बाहन नभएको हुँदा शव व्यवस्थापनका लागि जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको मातहतमा रहने गरी शव बाहन उपलब्ध गराउन वाग्मती प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग माग गरिएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार १२:४६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images