निषेधाज्ञामा अलपत्र पर्यटको उद्धार गरि काठमाडौं ल्याइयो
  • CIA Khabar

  • काठमाडौं । कोभिड–१९ को दोस्रो लहर तीब्र संक्रमणका बीच सरकारले लागू गरेको निषेधाज्ञाका कारण मुलुकका विभिन्न भागमा अलपत्र परेका ११ जना पर्यटकहरुको उद्धार गरी काठमाडौं ल्याइएको छ । नेपाल सरकार गृह मन्त्रालयको समन्वयमा विपद व्यवस्थापन तथा सञ्चार सेल (क्राइसिस् म्यानेजमेन्ट एण्ड कम्युनिकेशन सेल) ले बुधबार विभिन्न क्षेत्रमा अलपत्र परेका विदेशी पर्यटकको उद्धार गरि काठमाडौं ल्याएको हो ।

    पर्यटन बोर्डका अनुसार लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकन गरी ११ जना विदेशी नागरिकलाई उद्धार गरी काठमाण्डौं ल्याएको हो ।

    यी उद्धार गरि ल्याएका विदेशी नागरिकहरुलाई गत बैशाख २१ गतेको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्णय अनुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिाइन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचीकृत होटलहरूसँग सम्पर्क र समन्वय गरी सहजीकरण गरेको छ ।

    सोही अवसरमा बुधबार नेपाल पर्यटन बोर्डको समन्वयमा पर्यटक उद्धार तथा व्यवस्थापन समिति विपद व्यवस्थापन तथा सञ्चार सेल (क्राइसिस् म्यानेजमेन्ट एण्ड कम्युनिकेशन सेल )समेत गठन गरेको छ । उक्त सेलले निषेधाज्ञा वा बन्दाबन्दीमा देशका विभिन्न स्थानमा फसेका वा अलपत्र परेका पर्यटकहरुको उद्धार तथा व्यवस्थापन गर्नुका साथै नेपाल भारत एयर बबल सम्झौता अनुरुप भारतबाट नेपाल आउने यात्रुहरूको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमन लगायतका काममा सहजीकरण समेत गर्ने जनाइएको छ ।

    सोही बमोजिम बोर्डले बुधबार गृहमन्त्रालयसँगको समन्वयमा ११ जना विदेशी नागरिकहरुको उद्धार गरेको हो ।
    बोर्डले महामारीको समयमा आवश्यक सूचनाको अभावमा कुनै पर्यटकहरू कतै अलपत्र पर्न नपरोस् तथा अन्य सरोकारवाला निकायहरूले समेत आवश्यक परेको समयमा सूचना गर्न सकुन् भनेर हटलाइन, मेल तथा वेव सेवा समेत खुल्ला गरेको छ

  • २३ बैशाख २०७८, बिहीबार १३:०७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images