तिलोत्तमाका मेयरले भने– ‘म बरु साइकलमा हिँड्छु, मेरो गाडी बिरामी बोक्न पठाउँछु’
  • CIA Khabar

  • रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे र उपमेयर जगेश्वरीदेवी चौधरीले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाई बिहीबार बिहानदेखि कोरोना संक्रमित र अन्य बिरामीलाई अस्पताल ओसार पसारमा प्रयोग गरेका छन् ।

    मेयर घिमिरेको लु १ झ ३६० नम्बर र उपमेयर चौधरीको लु १ झ ३२६ नम्बरको स्कर्पियो गाडीमा अक्सिजन सिलिन्डर जडान गरी एम्बुलेन्स सेवा सरहको बनाएर सर्वसाधारण बिरामी ओसारपसार गर्न लागिएको हो ।

    मेयर घिमिरेले भने, ‘नगरवासीले चौबिसै घण्टा सवारी साधनका लागि हारगुहार गर्न थाल्नु भयो । भनेको समयमा अस्पतालसम्म लैजाने सवारी साधन नहुँदा अकालमा ज्यान जान सक्ने अवस्था पनि आउन थाल्यो । उपमेयर जी र मैले सल्लाह ग¥यौं र हामी दुवैजनाको गाडीलाई एम्बुलेन्समा रुपान्तरण गरेर अहिले बिहानदेखि बिरामी बोक्न पठाउँदै छौं ।’
    उनले आफुहरु बरु स्कुटी वा साइकल मै हिँड्ने उनले बताए ।

    लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा छ । त्यसमा पनि बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिका थप जोखिममा छ ।

    बुटवलमा बुधबार दिउँसो साढे ४ बजेसम्म १४६ महिला र १८६ पुरुषसहित ३३२ जना संक्रमित छन् भने तिलोत्तमामा ७४ महिला र ८४ पुरुषसहित १५८ जना संक्रमित छन् ।
    बुधबार साँझसम्म जिल्लाभर ७९७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार १३:१२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images