अध्यादेशबाट बजेट आउने विपक्षीको आशंका
  • CIA Khabar

  • काठमाडौ । बजेट निर्माण गरिरहेको ओली सरकारले नै बजेट ल्याउन पाउला भन्नेमा दुविधा देखिएको छ । बुधबार मात्रै नेकपा माओवादीले ओली सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिइसकेको छ । उता प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिँदैछन् । तथासपि अहिलेसम्म सरकारले बजेट अधिवेशन बोलाएको छैन ।

    ओली सरकारका अर्थमन्त्री विष्णु पौडेल यही सरकारले आफ्नो पूरै कार्यकालको बजेट ल्याउने दाबी गर्छन् । तर, यता नेपाली काँग्रेसका नेता तथा छायाँ अर्थमन्त्री मिनेन्द्र रिजाल यो सरकारलाई संसद्को विश्वास नभएकाले संसद्मै छलफल भएर बजेट पेस हुन्छ भन्ने विश्वास आफूलाई नभएको बताउँछन् ।

    उनी मात्र होइनन् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ओली सरकारलाई आफ्नो मात्र चिन्ता भएको, तर बजेटमा गम्भीर नभएको आरोप लगाउँछन् । उनी भन्छन्, ‘नियमित अधिवेशन बोलाएर नीति तथा कार्यक्रममाथि छलफल भएको हुनुपथ्र्यो, त्यो हुन सकेन । सरकारलाई बजेटको चिन्ता छैन । अध्यादेशमार्फत ल्याउने सरकारको नियत देखिन्छ ।’

    यता पूर्वअर्थमन्त्री रामशरण महतले सरकारले समर्थन प्राप्त गर्ने सम्भावना कम भएकाले उसले ल्याउने बजेट काम चलाउ मात्र हुने बताए ।

    तर, यो विषयमा एमालेभित्रै दुई मत छ ।

    एमालेका नेता सुरेन्द्र पाण्डे भने अहिलेको सरकारले नै बजेट ल्याउने दाबी गर्छन् । उनी भन्छन्, ‘वर्तमान सरकार हटाउन तीन महिनादेखि नै चलेको कुरा हो, खै कसैले हटाउन सके र रु अहिले नै अरूले बजेट ल्याउने अर्को विकल्प छैन ।’
    एमालेकै अर्का नेता यही सरकारले बजेट ल्याउने मै शङ्का गर्छन् । गत वर्ष यतिबेला सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको थियो । तर, अहिले नीति तथा कार्यक्रम कहिले आउँछ भन्ने सरकारले जवाफ दिन सकेको छैन ।

  • २३ बैशाख २०७८, बिहीबार १३:२३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images