कोरोना महामारी: भारतकै बाटोमा नेपाल, रेडक्रसले दियो यस्तो चेतावनी
  • CIA Khabar

  • काठमाडौ । कोरोना भाइरसको इन्डियन भेरियन्ट तिव्र रुपमा दक्षिणमा एशियामा फैलिरहेको र नेपालमा पनि यसले भयावह अवस्था निम्त्याउन सक्ने चेतावनीरेडक्रसले दिएको छ ।
    ‘हामीले अहिल्यै कदम चाल्न जरुरी छ, यदि मानवीय विध्वंश रोक्ने आशा राख्ने हो भने हामीले तिव्र कदम चाल्न जरुरी छ,’ रेडक्रसका एशिया प्यासिफिक निर्देशक अलेक्स्यान्दर माथियुल भनेका छन् ।

    नेपालका धेरै अस्पतालहरू कोभिडका बिरामीले भरिएकाले समयमै नियन्त्रणका उपाय अपनाउनुपर्ने आवश्यकता देखिएको रेडक्रसको विज्ञप्तिमा उल्लेख छ । ‘गत महिनाको दाँजोमा नेपालमा अहिले ५७ प्रतिशत धेरै संक्रमण फैलिएको छ । भारतमा अहिले जे भइरहेको छ, त्यो नेपालको भविष्यको दर्दनाक प्रिभ्यू हो, हामीले मिनेटमै धेरै जीवन लिने कोभिडको यो पछिल्लो लहरलाई नियन्त्रण गर्न सक्नुपर्छ,’ रेडक्रसका अध्यक्ष डाक्टर नेत्रप्रसाद तिम्सिनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सिएनएनले पनि नेपालको अवस्थालाई भारतसँग तुलना गरेको छ । ‘नेपालका १ लाख व्यक्तिमध्ये अहिले दैनिक झन्डै २० जनामा कोरोना संक्रमण पुष्टि भइरहेको छ । यही अवस्था भारतमा दुई साताअघि थियो,’ सीएनएनमा प्रकाशित समाचारमा उल्लेख छ ।

    लकडाउनपूर्व आयोजित जात्रा, राजनीतिक भेला, विवाहलगायतका कार्यक्रमले कोरोनाको फैलावट बढाएको समाचारमा उल्लेख छ । सरकारले आवश्यक कदम चाल्न गरेको ढिलासुस्तीले पनि यस्तो परिस्थिति निम्तिएको उक्त समाचार उल्लेख छ । संक्रमितको संख्या आकासिएको, अस्पतालहरू कोभिड १९ बिरामीले भरिएको र अन्य राष्ट्रसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोग मागेको पनि समाचार जनाइएको छ ।

    नेपालमा बुधबार अहिलेसम्मकै उच्च ८ हजार ६ सय ५९ जनामा कोरोना देखिएको थियो । पछिल्ला केही दिनयता नेपालमा परीक्षण गरिएका व्यक्तिमध्ये ४० प्रतिशतभन्दा धेरै संक्रमित हुँदै आइरहेका छन् ।

  • २३ बैशाख २०७८, बिहीबार १३:३२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images