राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीको स्थायी कमिटी बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

    बिहीबार अपरान्ह ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार मन्त्रिपरिषद बैठकको एजेन्डाबारे जानकारी गराइएको छैन ।

    यसअघि आइतबार र सोमबार पनि मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकमा गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख फेर्नेदेखि अध्यादेश जारी गर्नेसम्मका निर्णय भएका थिए । स्थायी समिति बैठक र राष्ट्रपतिसँगको भेटपछि बोलाइएको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार १३:३९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images